पोखरा १५: विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा

पाेखरा | कात्तिक १३, २०८१

पोखरा १५: विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा

पोखरा महानगरपालिका १५ को समन्वयमा वडा भित्रका विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।

 

पोखरा कम्युनिटी सेन्टरको सहयोगमा आज वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गर्दै विपन्न १७ परिवारलाई स्वस्थ्य बीमा कार्ड प्रदान  गरिएको हो ।

 

वडाध्यक्ष तोरण बाँनिया, कार्यपालिका सदस्य मन्दिरा परियार कम्युनिटी सेन्टरका प्रतिनिधि प्रकाश र जोनले उक्त स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरे ।

 

वडाध्यक्ष बाँनियाले आफ्नो वडाभित्रका अति विपन्न परिवारबाट १७ घर परिवारलाई बीमाकार्ड उपलब्ध गराएको बताए । उनका अनुसार एउटा परिवारबाट ५ जनाका विमा हुने भएकाले कुल १७ परिवारको ८५ जनाको विमा गरिएको हो ।

 

उनले प्रतिव्यक्तिले १ लाख बराबरको स्वास्थ्य लाभ लिन सक्ने बताए ।

 

‘कम्युनिटी सेन्टर कोरियन संस्था हो, हाम्रो वडाको मानवीय विकासका लागि भनेर हरेक वर्ष शिक्षा स्वास्थ्य र खेलकुदका लागि २ लाख सहयोग आउँछ, उनले भने, ‘त्यो रकम हामीले काम गरेपछि मात्रै आउँछ । सिधैं पैसा आउने होइन ।’

 

उनले कम्युनिटी सेन्टरको सहयोगले विपन्न परिवारलाई ठुलो राहात मिलेको बताए ।

 

सेन्टरले यसअघि स्वास्थ्यतर्फ सिद्ध माविमा अध्यनरत विपन्न विद्यार्थीको निशुल्क स्वास्थ्य परिक्षणसँगै विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आएको छ ।

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्